देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झ्याल र ढोकाबाट सूचना दिँदैनौँः मन्त्री पौड्याल

देशान्तर

काठमाडौं- परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा श्रीलंका जाने भएकी छिन्।आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएकी हुन्।

उनी बिहीवार श्रीलंकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्री पौड्यालले श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरुमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभइ सबैलाई एकमुष्ठ रुपमा दिइने बताइन् । उनले सबै सञ्चारकर्मीहरुलाई ह्वाट्सएप वा इमेल ग्रुपबाट सूचना दिने प्रतिवद्धता जनाइन् ।

उनले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन् । मन्त्री पौड्यालले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीहरुलाई पासपोर्टको समस्या परेकाले उनीहरुको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको बताइन्। उनले परराष्ट्र नीतिका बारेमा पनि एकपटक विज्ञहरुसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको बताइन् ।

शुक्रवार मन्त्री पौड्यालले आफ्ना श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।