काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद अम्बिका बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको जस्तो कुनै नेपालीको नियति नहोस् भन्दै कामना गरेकी छन् ।
यस्तै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले देशको विभिन्न नागरिकहरूले आत्मदाह र आत्महत्या गरिरहेको बताउँदै उनीहरुले के कारणले आत्मदाह र आत्महत्या गरिरहेका छन् भन्दै प्रश्न गरे ।
उनले नागरिकका समस्या के–के छन् ध्यान दिन आग्रह गर्दै आत्मदाह र आत्महत्याको घटनाको बारेमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन माग गरे ।
प्रतिक्रिया