देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भगवान रामको मुर्ति बनाउने देवशिला आज अयोध्या पुग्दैँ

देशान्तर

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला गोरखपुर पु¥याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित माघ १६ गते शिला अयोध्यातर्फ पठाइएको थियो ।

जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पु¥याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने तयारि छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बनाइने छ ।

त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय योगदान पुग्ने वताउनु भयो ।

“त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको भन्दै निधिले कालीगण्डकीबाट ल्याइएको शिलाले त्यसलाई पुनः नवीकरण गर्ने वताउनु भयो । म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पु¥याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता रहेको छ ।