एक समय थियो नेपाली खेलकुदमा राष्ट्रिय खेल भनेर डण्डीबियोलाई मानिने गरिएको थियो । यतिसम्मकी सामान्यज्ञानमा समेत डण्डिबियो वा कबड्डीलाई नेपालको अनौपचारिक राष्ट्रिय खेल भनेर बढाइने गरिन्थ्यो । तर बर्षोदेखि डण्डिबियोलाई मान्यताका आधारमा मात्र राष्ट्रिय खेल भनेर भनिएको थियो तर कुनै दस्तावेज भने थिएन । नेपालको राष्ट्रिय खेलका बारेमा पहिलो पटक कुनै पनि राष्ट्रिय सञ्चारमाध्यममा पहिलो आवाज उठाएका थिए, पुर्व कान्तिपुरकर्मी रोशनबहादुर सिंहले । डण्डिबियोलाई मौखिक रुपमा राष्ट्रिय खेल मानिएपनि दस्तावेज नभएको थाहा पाएपनि उनले यो बिषयमा अनुसन्धानात्मक रिपोर्टिङ गर्ने सोच बनाए र कान्तिपुरको समाचारकक्षमा आफ्नो बिषयलाई राखेको उनी बताउछन् ।
सिंह भन्छन्–“नेपालको राष्ट्रिय खेलका बारेमा लिखित दस्तावेज नभएको थाहा पाएपछि पहिलो पटक राष्ट्रिय खेलकुद परिषदमा यो बिषयमा बुझ्न गइयो, त्यहाँ कुनै ठोस प्रमाण नभएपछि यो बिषय खेलकुद कै ठूलो बिषय हुनसक्छ भनेर रिपोर्टिङ गरियो । पहिलो पटक राष्ट्रिय खेलको बिषयमा रिपोर्टिङ गरेपछि नेपाली खेलकुदमा तरंग नै फैलियो । त्यसपछि फलोअपका रुपमा युवा तथा खेलकुद मन्त्रालय पुगियो, त्यो बेला खेलकुद मन्त्रीका रुपमा हुनुहुन्थ्यो, पुरुषोत्तम पौडेल । उहाँको कार्यालय समय मिलाएर आफ्नो बिषयलाई राख्नका लागि पुगियो र यो बिषयमा जानकारी लिनुका साथै यस बिषयमा भएको कुरालाई उहाँसामु राखियो पनि । त्यसपछि यदि राष्ट्रिय खेलका बिषयमा अन्योल छ भने आफुले यसलाई गम्भिर रुपमा अगाडी बढाउने आश्वासन मन्त्री पौडेलबाट भयो ।”
त्यसपछि यो बिषयलाई खेलकुद क्षेत्रमा गम्भिर रुपमा लिन थालियो, डण्डिबियो राष्ट्रिय खेल नभएकोले केहिलाई अचम्म पार्यो भने केहि खेलका लागि आशापनि जगायो आफ्नो खेललाई राष्ट्रिय खेल बनाउन सकिन्छ की भनेर । सिंहले राष्ट्रिय खेलका बारेमा उठाएको आवाज पछि अरु सञ्चार माध्यमले पनि यसलाई समाचार बनाए । यहि बिचमा सरकार परिवर्तन भयो र यो बिषय बिचमा सेलाएको जस्तो भयो । तर तत्कालिन मन्त्री पौडेलले राष्ट्रिय खेलको बारेमा अध्ययनका लागि समिती नै गठन गरेका थिए । त्यसकै निरन्तरताका रुपमा तीन बर्षको अध्ययन पछि खेलकुद मन्त्रालयले चार खेल, भलिबल, क्रिकेट र तेक्वान्दो मध्ये एकलाई छान्नका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । जसमा प्रचन्ड प्रधानमन्त्री हुँदा सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरे ।
नेपालको राष्ट्रिय खेलका बारेमा आवाज उठाएका रोशनबहादुर सिंहका लागि पत्रकारको हिसावले ठूलो हौसलाको बिषय हो भने भलिबलका लागि भने चुनौतीको पहाड खडा भएको ठान्थे । कारण भलिबलको पुर्वाधार त्यो बेला पनि थिएन र राष्ट्रिय खेल घोषणा भएको ६ वर्षमा पनि उस्तै हालत छ ।
प्रतिक्रिया