देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघमा एकतर्फी नियुक्ति मान्य हुँदैन: संस्थापनइतर

गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग

देशान्तर

काठमाडौं-  नेपाल विद्यार्थी संघमा एकतर्फी नियुक्ति गरिएको भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहका विद्यार्थी नेताहरुले असन्तुष्टि व्यक्त गरेका छ्न् । संघका अध्यक्ष दुजाङ शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको उक्त पक्षले आरोप लगाएको हो ।

मंगलबार नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग गरेको छ । विधान विपरित नियुक्ति बदर गर्न र ति स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको भुवन भट्टले बताए ।

पार्टीले दिईएको जिम्मेवारी विपरीत अध्यक्ष शेर्पाले मनोमानी तरिकाले संयोजक तोक्ने कार्य भएको नेविसंघ कर्णाली–काठमाडौं सम्पर्क समितिका अध्यक्ष धर्मराज शाहीले बताए ।