देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशका जेलमा रहेका नेपालीको उद्धार गर्न पहल भइरहेको छ: श्रममन्त्री

देशान्तर

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीलाई उद्धार गर्न पहल भइरहेको बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले यसका लागि आवश्यक तथ्यांक संकलन भइरहेको बताए । “जति पनि नेपाली विदेशका जेलमा अलपत्र भएका छन्, ती नेपालीको उद्धार सरकारले गर्ने तयारी गरिरहेको छ । त्यसका लागि आवश्यक तथ्यांक संकलन हुन थालेको छ,” उनले भने, “यसका लागि आवश्यक पहल गर्न मैले निर्देशन दिएको छु । काम पनि अगाडि बढेको छ ।”

सरकारले यस्ता श्रमिकलाई उद्धार गर्न सक्ने क्षमता भएको भन्दै मन्त्री अर्यालले अब कोही पनि राज्य नभएको जस्तो गरेर विदेशमा अलपत्र नहुने दाबी गरे । त्यसको खोजी राज्यले गर्ने उनको भनाइ छ ।

देशमा रोजगारीको वातावरण तयार गर्न देशका सातवटै प्रदेशमा रोजगार मेला गर्ने पनि उनले बताए । मन्त्रालयको वेबसाइटमा रोजगार प्राप्त हुने ठेगाना र रोजगारदाताको सम्पर्क नम्बर पनि उपलब्ध गराउने गरी काम भइरहेको उनले बताए ।