देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोटरी क्लबले सम्पदा संरक्षणका लागि पैदल यात्रा गर्ने

देशान्तर

काठमाडौं – रोटरी क्लब अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा कार्यक्रम गर्ने भएको छ ।

रोटरीले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर कला तथा संस्कृति, सम्पदा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न र जनमानसमा यसबारे अवगत गराइ सम्पदाको प्रचारप्रसार गर्ने बताइएको छ ।

फागुन ६ गते हुने पैदल यात्रा ललितपुर मंगलबजार दरबार स्क्वायरबाट पुलचोक, अक्षेश्वर महाबिहार, भनिमण्डल, जलविनायक, पाँगा बस पार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ किलोमिटरको रहेको बताइएको छ ।

पैदल यात्रामा २ हजार भन्दा बढी व्यक्तिहरुको सहभागिता गराउने संस्थाको उद्देश्य रहेको बताइएको छ । पैदल यात्रामा सहभागीता जनाउन चाहनेले प्रतिव्यक्ति ७ सय रुपैयाँ सहयोग स्वरुप खल्ती एपमा पठाउन आयोजकले आग्रह गरेको छ । नाम दर्ता भएका सहभागीहरुलाई प्रतिव्यक्ति टिसर्ट, क्याप र खाजा उपलब्ध गराउने बताइएको छ ।

दर्ता शुल्कबाट संकलित सहयोग भाइदेगः पुनर्निर्माण गरिरहेको संस्था संस्कृति सम्पदा संरक्षण समूहलाई उपलब्ध् गराइने हेरिटेजले बताएको छ । हेरिटेजले सम्पदा संरक्षणमा सहयोग जुटाउनका लागि पैदल यात्राको कार्यक्रम राखेको जनाएको छ । भाइदेगः मन्दिर ललितपुर मंगलबजारस्थित दरबार स्क्वायरको दक्षिण पश्चिमतर्फ ( हाल निर्माणाधिन अवस्थामा ) रहेको छ । तल्ले शैलीको कलात्मक आकर्षण रहेको महादेवको मन्दिर वि.सं.१९९० को भूकम्पमा भत्किएको थियो ।

मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा तत्कालीन प्रधानमन्त्री भारो भागीरथ भैयाले वि.सं.१७३५ मा बनाएका थिए ।