काठमाडौं- संखुवासभामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल केराबारीमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुईजना मजदुर समेत घाइते भएका छन् ।
घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल संखुवाभामा उपचार भइरहेको छ ।
प्रतिक्रिया