काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । सोमबार दिउँसो भएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । माओवादीले स्थायी समिति बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाएको हो ।
पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने बताइएको छ । माओवादीले नै गृह मन्त्रालय राख्ने गरी छलफल भइरहेको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।
माओवादीभित्र भने महत्वपूर्ण मन्त्रालय पार्टीसँग नरहेको भन्दै गृह मन्त्रालय राख्न प्रधानमन्त्रीमाथि दवाव छ ।
प्रतिक्रिया