देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकको ब्याजदरविरुद्ध व्यवसायीको प्रदर्शन

देशान्तर

काठमाडौं- राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर विरुद्ध प्रर्दशन गरेको छ । काठमाडौं उपत्यकामा रहेका विभिन्न ब्यापारिक संघरसंस्थाको सहभागीतामा सोमबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना गरेको हो ।

बैंकहरुले कर्जाको ब्याजदर फेरि बढाएर व्यापारीलाई टर्चर दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । उद्योगी व्यवसायीहरुले अहिले बढेको ब्याजदरअनुसार कर्जाको ब्याज भुक्तानी गर्न सक्ने अवस्थासम्म नरहेकोले प्रदर्सनमा उत्रिन बाध्य भएको बताएका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदर फेरि ०ः५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’, ‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।