देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा जलेर घाइते भएकी घरबेटीको मृत्यु

देशान्तर

काठमाडौं- पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३ काँहुखोलाकी संगीता सापकोटाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।

आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

क्षेत्रीले आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि बचाउने क्रममा घरवेटी सापकोटालाई पनि आगो लागेको समाचार बाहिरिए पनि के कसरी क्षेत्री र संगीतालाई आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेकाले पछि मात्र यथार्थ थाहा हुने प्रहरीले जनाएको छ ।

आगो लागेर सापकोटाको शरीरको ८० प्रतिशत भाग जलेको थियो । क्षेत्रीको भने २५ प्रतिशत शरीर जलेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घट्नाको अनुसन्धान भइरहेकोले अहिले नै यसरी नै घट्ना घट्यो भन्न नसकिने र छिट्टै नै सत्यतथ्य बाहिर आउने गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख केसीले जानकारी दिए ।