देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्घात गर्नेको सूची पठाउन कांग्रेसले पुनः थप्यो म्याद

माघ मसान्तभित्र उजुरी पठाउन सकिने

देशान्तर

काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनमा भएको अन्तर्घात सम्बन्धनमा उजुरी गर्ने समय थप गरेको छ । पार्टीले दोस्रोपटक समय थप गरेको हो । पार्टीको केन्द्रीय अनुशासन समितिले आइतबार विज्ञप्ति जारी गर्दै माघ मसान्तभित्र कारबाही सम्बन्धमा उजुरी पठाउन समय थप भएको जानकारी दिएको छ ।

मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उमेदवारहरुलाई अन्तर्घात गर्नेहरूको विवरण समयसीमाभित्र माथि पठाउन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिले पहिलोपटक पुस १५ भित्र विवरण पठाउन निर्देशन दिएको थियो । पहिलोपटक म्याद थप गर्दै समितिले यो समयसीमा माघ १५ र दोस्रोपटक समय थपेर माघ मसान्तसम्ममा विवरण पठाउन भनिएको हो ।