देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानका पदाधिकारीको राजीनामा माग

देशान्तर

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीको राजीनामा मागिएको छ । क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् ।

उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् ।

नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप लगाउँदै केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पदाधिकारीको राजीनामा मागेका हुन् ।

राजीनामा दिएर नेपाल टी-२० लिगमा भएको फिक्सिङ घटनाको छानबिनमा सघाउन उनीहरुले आग्रह गरेका छन् ।