देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविलाई पुन: पार्टी सभापति बनाउने रास्वपाको तयारी

देशान्तर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेलाई पुन: पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै लामिछानेलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।  

रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् । रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।

गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।