काठमाडौं- पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन् ।
वडाध्यक्ष किरण बरालका अनुसार युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी छिन् । उनले ती पुरुषलाई बचाउने प्रयास गरेकी थिइन् ।
उनीहरू दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको पनि वडाध्यक्ष बरालले बताए ।
उनीहरूको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
प्रतिक्रिया