अनागरिक वनेका रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालयका अनुसार लामिछानेले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।
लामिछानेको आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने तयारी रहेको छ । प्रशासनले नियमित प्रक्रियाबाट नागरिकता दिने तयारी गरेको छ । सर्बोच्चको आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिने तयारी भएको हो ।
जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिन कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे गृहमन्त्रालया जिज्ञासा राखेको थियो । प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ । नियमित प्रकृया अन्तरगत सबै प्रकृया पुरा गरे लामिछानेले आजनै नागरिकता पाउने छन् ।
प्रतिक्रिया