काठमाडौं- नेपालका सबै सरकारी निकायको वेवसाइट बन्द भएको छ । सर्भरमा समस्या आएपछि शनिबार सरकारी निकायका सबै वेवसाइटहरू बन्द भएका हुन् ।
सिंहदरवारस्थित गृहमन्त्रालयको प्रांगणमा रहेको सर्भर डाउन भएपछि सरकारी निकायका सबै वेवसाइट बन्द भएको छ ।
सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।
ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकीन हुन नसकेको गृहमन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जीआइबीसीमा समस्या आएको बताए । उनले प्राविधिकहरू समस्या सुल्झाउन लागिपरेको बताए।
प्रतिक्रिया