माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेसंगै सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावमा सहमति खोज्नुपर्ने प्रस्ताव ल्याएसंगै सत्ता साझेदार दल एमालेले असहमति जनाएको हो ।
माओवादिको काठमाण्डौँमा सम्पन्न २ दिने स्थायि कमिटि बैठकमा प्रचण्डले राष्ट्रपतिबारे एमालेसँग भद्र सहमति जुटेको, तर नेपाली कांग्रेसले समेत विश्वासको मत दिएकाले राष्ट्रिय सहमति आवश्यक देखिएको बताउनु भएको थियो ।
तर माओवादी केन्द्रको निर्णयले सत्ता समीकरणभित्र भने शंका उत्पन्न गरेको छ । विशेषगरी प्रमुख सत्ता साझेदार दल एमालेका निम्ति माओवादी केन्द्रको निर्णय प्रतिकुल देखिएको छैन् । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दा नै राष्ट्रपति एमालेले लिने सहमति जुटेको थियो । प्रधानमन्त्री र सभामुख पद भने आलोपालो गर्ने सहमतिअनुसार, एमालेको समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।
सत्तारुढ नेताहरुबीच भएको सहमति बमोजिम एमालेका देवराज घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्दिरा रानामगर उपसभामुख निर्वाचित हुनु भएको छ । सात प्रदेशमध्ये एमालेले चार, माओवादीले दुई र मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सरकारको नेतृत्व गरेका छन् ।
तर प्रधानमन्त्री बनेको महिना दिनमै माओवादी केन्द्रले सत्ता साझेदारबीच जुटेको सहमति विपरीत राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव ल्याएपछि एमालेले असन्तुष्ट जनाएको छ ।
एमाले नेता खिमलाल भट्टराईले माओवादी केन्द्रको निर्णयभन्दा पनि कार्यान्वयन अर्थपूर्ण हुने बताउनु भएको छ । प्रधानमन्त्रीको पार्टीले राष्ट्रिय सहमतिको कुरा गर्नु स्वभाविक भएको भन्दै भट्टराईले एमालेसँग जुटेको सहमतिमा टेकेर थप पहल गरिनुपर्ने वताउनु भएको छ ।।
राष्ट्रपति निर्वाचनबारे माओवादी केन्द्रले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले दबावमा परेको छ । तर कांग्रेसका निम्ति भने अनुकुल परिस्थिति बनेकोे छ ।
प्रतिक्रिया