देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

देशान्तर

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा पार्टि अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नु भएको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको पार्टि सचिव देवेन्द्र पौडेलले जानकारि दिनुभयो ।

विहिवार बाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गर्दै समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गर्नु भएको थियो । बैठकमा विशेषगरि सत्तासंञ्चालन, आगामि राष्टपति निर्वाचन र वामपन्थी दलहरु संगको एकताको बिषयमा छलफल केन्द्रित रहेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटै पार्टीलाई दुई संवैधानिक प्रमुखको जिम्मेवारी दिँदा असन्तुलनको अवस्था नहुने भन्दै सन्तुलन कायम गरेर अघि बढ्न सकिने वताउनु भएको छ । स्थायी कमिटी बैठकमा प्रचण्डले राष्ट्रपतिको निर्वाचन जटिल रहेको समेत वताउनु भएको छ । स्थायी कमिटी बैठकमा प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा सुझाव मागेको पार्टि उपाध्यक्ष तथा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रमलाई समावेश गर्दै लिखित राजनीतिक प्रतिवेदन पनि पेश गर्नु भएको छ । त्यसमा वर्तमान गठबन्धन निर्माण, कांग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायतका विषय समावेश गरिएको छ ।

यसैविच नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) को विकल्प खोज्ने संकेत गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा राज्यका सबै संयन्त्र एउटै पार्टीमा जाँदा निरंकुशता जन्मिने खतरा रहेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजेर जानुपर्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले मन्त्रालय भागबण्डा र मर्यादाक्रममा पनि असन्तुष्टि जनाएको बुझिएको छ । सभामुख र राष्ट्रपति एउटै पार्टीको हुने कुरामा गम्भीर भएर सोच्नुपर्नेमा पनि प्रचण्डले जोड दिनुभएको छ ।