काठमाडौं – आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएकाे छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताए ।
मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका आचार्यले उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो । उनले मृत्यु हुनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताएका थिए ।
यस्तै, बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय पनि गरेको छ । तर ,यसअघि दर्ता नभई चलेका क्रसर भने बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया