काठमाडौं – लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन् । बुधबार १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।
दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् ।
राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया