काठमाडौं – नयाँ बानेश्वरको संसद भवनअगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
मंगलबार दिउँसो संघीय संसद भवनको मुख्य प्रवेशद्वारको विपरीत दिशामा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल लगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया