देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

०५४ मा एमाले विभाजन मैले गरेको होइन : वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण दिएका छन् ।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ सालमा र २०७८ सालमा सभामुखले एमाले विभाजन गरिदिएको आरोप लगाएका थिए ।

पौडेल २०५१ सालको मध्यावधि निर्वाचनबाट सभामुख चयन भएका थिए । महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा प्रतिनिधिसभाको त्यतिबेलाको ठूलो दल एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो ।

नेता पौडेलले आफू सकेसम्म दल विभाजन गर्न हुन्न भन्ने पक्षमा रहेको दावी गरे । ‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ’ उनले भने ‘त्यो प्रस्ताव ९दल विभाजनको प्रस्ताव० लिएर आएका एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ ।’

नेता पौडेलले अगाडि भने, ‘कर्णालीको पुलको माझमा पुगेपछि उच्च अधिकारीहरुले यहीँबाट फर्किनुपर्‍यो भने, म काम नसकी जान्न भनेर धनगढी गएँ । अर्को दिन महेन्द्रनगर गएँ । म मञ्चबाट झर्दा हेलिकप्टर आइरहेको रहेछ । त्यसमै चढेर आएँ । लौ एमाले फोर्न दौडेर आयो भने ।’

एमाले विभाजन हुँदा माले पक्षकाले एक जना सांसदको नाम थप गर्न माग गर्दा आफूले नमानेको पनि पौडेलले बताए । पौडेलले दुखेसो गरे,‘तैपनि यस्तो आरोप पनि फेस गुर्नपर्छ ।’