काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हा े।
सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् । भागबण्डामा सकस हुँदा अधिकांश प्रदेश प्रमुखहरु काठमाडौंमा भेला भएका छन् । उनीहरुले शीर्ष नेतृत्वलाई भेट गरिरहेका छन् । र केन्द्रको निर्देशन पर्खिरहेका छन् ।
भेटमा राष्ट्रपतिको निर्वाचनका बारेमा पनि दुई नेताबीच छलफल हुने बुझिएको छ । राष्ट्रपतिको निर्वाचन माघ २८ भित्र गरिसक्नु पर्ने भएपनि निर्वाचन आयोगले अहिलेसम्म मिति तोकेको छैन ।
कांग्रेसले राष्ट्रपतिको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग राखेको छ ।
प्रतिक्रिया