काठमाडौँ – म्याग्दीको मंगला गाउँपालिका-२ काफलगौरमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
प्रहरी निरीक्षक राजन ढकालले मंगला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। मंगला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला-२ की २२ वर्षीया विपना कार्की, मंगला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।
ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो। जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।
प्रतिक्रिया