देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपकरणको बढ्दो प्रयोगले सबैको स्मरणशक्ति कमजोर बन्दैछः अध्यक्ष ओली

देशान्तर

काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताए ।

उनले प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गउकोप्रति चिन्ता व्यक्त गरे । उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रियहरु नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले हरेक मानिसले आफ्नो काम ड्युटीका रुपमा नभइ कर्तव्यका रुपमा पूरा गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताए । उनले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको बताए । अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताए । उनले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताए ।

उनले आयुर्वेदले मरेपछि स्वर्ग पु¥याउने, पुनःजन्म गराउने ठेक्का लिने नभइ जन्म वा भ्रुण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्नेकुरा सिकाउने बताए ।

अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परेपनि अब बढ्ने समय आइरहेको बताए । उनले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताए।