काठमाडौं – सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । सोही कारण आइतबार नेप्से पनि बन्द भएको छ ।
अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो ।
पछिल्लो समय सेयर बजार केही बढेको छ । सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ । अहिले सेयर बजार करेक्सनको अवस्थामा छ ।
प्रतिक्रिया