राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुख हुनु भएको छ ।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको हो ।
उहाँलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उहाँका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नु भएको थियो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भयो ।
गत माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद घिमिरे सभामुखमा निर्वाचित हुनु भएको थियो । सत्तारुढ दलहरुबीच राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति पद माओवादी केन्द्रलाई दिने सहमति पनि यस अघि नै भईसकेको छ ।
यता, विपक्षमा रहेको काँग्रेसले पनि राष्ट्रपति पदमा आफू दावी कायमै राखेको छ । सत्तारुढ माओवादी केन्द्रको समर्थनमा आफ्नो पार्टीले राष्ट्रपति पाउने आशमा काँग्रेस रहेको बताइएको छ ।
प्रतिक्रिया