देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देश ऋणको भारी र भ्रष्टाचारको महामारीमा डुब्दैछ : सांसद केसी

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताएका छन् ।

उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै सांसद केसीले राष्ट्रिय राजनीतिमा सन्तुलन र संयोजनको व्यवस्थित उपयोग हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।