देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापान चर्को मूल्यबृद्धिको सामना गर्दै

देशान्तर

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान पछिल्लो समय उच्च मूल्यबृद्धिको कारण दबावमा आएको छ ।

अहिले उपभोक्ता मुद्रास्फीति ४१ वर्षको अवधीमा उच्च विन्दूमा पुगेको छ । ग्यासदेखि बर्गरसम्मका सबै वस्तुको मूल्य बढेसँगै उपभोक्ता मुद्रास्फीतिदर बढेको जनाइएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले यसअघि सन् १९८१ डिसेम्बरमा उपभोक्ता मूल्यवृद्धि भएको जनाएको थियो ।

यद्यपि, जापानमा मुद्रास्फीति दर अझै पनि अमेरिका लगायत केही अन्य देशहरूको तुलनामा कम छ ।

यद्यपि, यो बैंक अफ जापानको २ प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा धेरै हो।

विश्वभरका बैंकहरूले मुद्रास्फीतिसँग लड्न ब्याजदर बढाएका छन् तर बैंक अफ जापानले लामो समयदेखि शून्य दशमलव १ प्रतिशतमा राखेको छ ।

अमेरिकी डलर र अन्य मुद्राको तुलनामा जापानी येनको मूल्यमा आएको तीव्र गिरावटले अहिले बैंक अफ जापानलाई पनि दबाब दिएको छ ।