काठमाडौं – नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलले यादवलाई मतदान गर्न ह्विप जारी गरेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न भनेको छ । लेखकले सत्तापक्षीय उमेदवार इन्दिरा रानाको विपक्षमा र आफ्नो उमेदवार यादवको पक्षमा मतदान गर्न ह्विप लगाएका हुन् ।
मतदानमा अनिवार्य उपस्थित हुन र तटस्थ नरहन सांसदलाई कांग्रेसले ह्विप जारी गरेको हो ।
प्रतिक्रिया