देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने


न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन् । ‘मेरो लागि यो राजीनामाको समय हो’, उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भनिन् ।

सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन् । त्यसपछि उनको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो  । हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ ।

आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उनी निर्वाचक सांसदको रूपमा जारी रहने बताइन् ।