देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार हुँदैनः अर्थशास्त्री वाग्ले

'उठाएकाे कर कर्मचारीलाई तलव भत्ता दिँदैमा सकिन्छ'

देशान्तर

काठमाडौं । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताएका छन् ।
बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै अर्थविद्् वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ,स्वयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन् ।

उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भएपनि सम्भावना पनि धेरै रहेको बताए । उनले नेपाल विप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि नेपालले दीर्घकालीन योजना बनाउनुपर्ने बताए । उनले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताए ।

उनले ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताए । वाग्लले सरकारले राजश्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढ्नुपर्ने बताए । उनले नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलव भत्ता दिँदैमा सकिने अवस्था रहेको बताए ।

उनले बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजश्व संकलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेण्ट (सीए) हरुलाई हायर गरेर काम गर्ने हो भने राजश्व बढाउन सकिने बताए।

उनले कर्मचारीलाई तालिम दिएर राजश्व बढाउने सोच पुरानो भएको बताए । उनले सीएहरुलाई कहाँकहाँ राजश्व चुहावट भएको छ थाहा हुने भन्दै यसले राजश्व बढाउन सहयोग पुग्ने बताए । वाग्लेले सीएहरुलाई हायर गरेर उनीहरुको क्षमता सदुपयोग गर्न सरकारसँग आग्रह गरे।

उनले विश्वभर नै आर्थिक अवस्था संकुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्नसक्ने बताए। उनले बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले बजेटको आकार मुलुक सुहाउँदो बनाउनुपर्ने बताए। उहाँले सरकारले राजश्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने बताए।