काठमाडौँ – नेपाली कांग्रेस संसदीय कार्यसमितिले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुख पदको उमेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसको संसदीय दल कार्यसमितिले पूर्णता पाएको छैन । अहिले समितिमा संसदीय दलको नेता समेत रहेका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक छन् । दुई महामन्त्री कार्यसमितिमा पदेन सदस्य हुने विधानको व्यवस्था छ । चारजनाको समितिले न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि कार्यान्वयन हुनेछ । सभापति देउवाको सुझावमा न्यौपानेले उमेदवारको फर्म लिइसकेको बताइएको छ ।
प्रतिक्रिया