देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कमल थापाले बुझे चुनावी समीक्षाको प्रतिवेदन

देशान्तर

काठमाडौँ – गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनपछि राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ ले आज अध्यक्ष कमल थापासमक्ष पेस गरेको छ ।

पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी ९–१० माघमा काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिबेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफलपश्चात् कार्यान्वयन गरिने बताए ।

प्रतिवेदन यथार्थपरक र ब्यावहारिक बनाउन हरसम्भव प्रयास गरिएको, देशभरिका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमीकमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक भण्डारीले जानकारी दिए ।

कार्यदलमा बसन्तमानसिंह अधिकारी, सुरेश आचार्य, माधव खत्री, नरप्रसाद थापा, यवती कार्की, हिक्मतसिंह भण्डारी, राजाराम बर्तौला, उज्वल पोखरेल छन् ।