काठमाडौँ – मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिता कुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार सभामुख र उपसभामुखको शपथ कार्यक्रममा उनीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हो ।मण्डल र ईशर मंगलबार मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका थिए ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डलको पक्षमा ७४ मत प्राप्त भएको थियो । कुल १ सय ७ सदस्यीय प्रदेशसभामा १ सय ३ जनाले मत विभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।
यसैगरी, जनमत पार्टीकी उम्मेदवार बबिता कुमारी राउत ईशरलाई उपसभामुखमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।
उपसभामुखको निर्वाचन प्रक्रियामा १ सय १ सांसदले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया