काठमाडौँ – नेपाली कांग्रेसले सभामुखको उम्मेदवारी दिनेबारे अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुखमा उम्मेदवारीबारे अरू दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो ।
आजै दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको कार्यक्रम छ ।
दिउँसो १ बजेअघि नै अरू दलसँग छलफल गरी आवश्यक निर्णय लिइने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
प्रतिक्रिया