प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ९ बजे बस्ने बैठकमा सभामुखमा उम्मेदवारीबारे औपचारिक निर्णय हुनेछ ।
मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।
कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ ।
प्रतिनिधि सभाका सभामुखको निर्वाचन भोलि बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।
प्रतिक्रिया