देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रकम अभावमा कसैले ज्यान गुमाउनु पर्दैन: डा. तोसिमा कार्की

देशान्तर

काठमाडौं– नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले रकम अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिइने बताएकी छन् । मंगलबार सपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै कार्कीले संविधानले मौलिक अधिकारको रुपमा राखेको स्वास्थ्य सेवालाई वास्तवमै मौलिक हकाधिकार हो भन्ने अनुभूति सर्वसाधारणमा पु¥याउने लक्ष्य रहेको बताइन् ।

उनले भनिन्, ‘देशमा पैसा अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई पूर्ण रुपले हटाउन चाहन्छौं। त्यसका लागि सुरुआती चुनावी मैदानदेखि यहाँ आइपुगेका हौं।’

राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् ।

कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६)मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी छन् । यो रणनीति अन्तर्गत आँखाको उपचारलाई थप गुणस्तरीय बनाउँदै सेवाग्राहीमैत्रि बनाउने सरकारी योजना सामेल छ ।

आँखाको उपचारलाई समुदायस्तरसम्म विस्तार गर्दै आँखा स्वास्थ्य सेवामा कोही पनि नछुटुन भन्ने उदेश्य यो रणनीतिको छ ।