काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पु¥याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् । मंगलबार परराष्ट्र मन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पु¥याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताएकी हुन् ।
उनले मन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कूटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरूमा नेपालीहरूको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको उल्लेख गरिन् ।
उनले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् । नेपालको हितमा सम्झौता नगरीकन आफूले विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय गर्ने मन्त्री पौडेलको भनाइ छ । उनले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताइन् ।
मन्त्री पौडेलले नेपालको राजदूतावासमा नेपाली जाँदा घरजस्तो अनुभव गर्नुपर्ने भन्दै नेपालीहरू बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस हुने वातावरण बनाउने बताइन् ।
प्रतिक्रिया