काठमाडौँ – परराष्ट्रमन्त्री विमला पौडेलले पदभार सम्हालेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिए लगत्तै परराष्ट्र मन्त्रालयको कार्यालय सिंहदरबार पुगेर पौडेलले पदभार सम्हालेकी हुन्।
उनले आफ्ना तीन प्राथमिकताहरु रहेको जानकारी गराइन्।
उनले भनिन्,’परराष्ट्र मन्त्रालयले जनतालाई पु¥याउने सेवालाई कसरी सहज बनाउने भन्ने कुरा पहिलो प्राथमिकता छ।’
विदेशी कुटनीतिक नियोगहरुसँग सहकार्य गर्ने दोस्रो प्राथमिकता रहेको बताइन् ।
यस्तै, विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तेस्रो प्राथमिकता रहेको मन्त्री पौडलले सुनाइन्।
उनले भनिन्,नेपालको राजदूतावासमा मेरा देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ। मलाई पनि त्यस्तै फिल हुन्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घरजस्तो महशुस गर्नुपर्छ । बाहिर रहेका नेपालीलाई हाम्रो दूतावासमा आउन सहज पहुँच गराउन प्रयास गर्नेछु।’
पासपोर्टको ठूलो इस्यु बनिराखेको भन्दै मन्त्री पौडेलले यसलाई सहज बनाउन आफू कटिवद्ध हुने बताइन् ।
मन्त्री पौडेलले परराष्ट्र नीति नफेर्ने बताइन् । मन्त्री पौडेलले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढने प्रतिवद्धता जनाइन ।
प्रतिक्रिया