काठमाडौं – नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले १२ जना मन्त्रीलाई शपथग्रहण गराएकी हुन् ।
रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, डा. विमला राई परराष्ट्र मन्त्रालय, पदम गिरी स्वास्थ्य मन्त्रालय, हरि उप्रेती रक्षा मन्त्रालय, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्री, शिशिर खनाल, शिक्षा, डिपी अर्याल, श्रम तथा रोजगारमन्त्री, राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, विक्रम पाण्डे, शहरी विकास र ध्रूव प्रधान कानुनमन्त्रीले शपथग्रहण गरेका हुन् ।
राज्यमन्त्रीहरू दीपकबहादुर सिंह (उर्जा मन्त्रालय), सुशीला श्रीपाली (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) र डा. तोसिमा कार्की (स्वास्थ्य मन्त्रालय)ले पनि शपथ लिएका छन् ।
प्रतिक्रिया