काठमाडौं – विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ । मंगलबार २५ शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
थप २३ शव आजै काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । अस्पतालबाटै शव आफन्तलाई बुझाइनेछ ।
७० शवमध्ये २२ जनाको पहिचान भएकाले पोखरामै आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
विमान दुर्घटनामा परेका दुईजनाको खोजी तथा उद्धारकार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
गएको आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यतीको ९एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ सय मिटर पर सेती नदीको खोचमा खसेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।
प्रतिक्रिया