काठमाडौं – विमान दुर्घटनामा मृत्यु भएका ४५ जनाको शव काठमाडौं ल्याइने भएको छ । मृत्यु भएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएपछि बाँकी ४५ जनाको शव भने काठमाडौं ल्याइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । २४ जनाको पोस्टमार्टम गरेर शव सकेसम्म सोमबारै आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ ।
शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा पुगिसकेको छ । तर सोमबार नभ्याइने भएकाले काठमाडौं ल्याइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिए ।
काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान प्रशासनले आग्रह पनि गरेको छ ।
प्रतिक्रिया