काठमाडौं – नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्य सूची पठाएको छ । आइतबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेको निगमले जनाएको छ ।
नयाँ लागत मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।
भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।
प्रतिक्रिया