देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता साझेदार दलको बैठक बस्दै

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

देशान्तर

काठमाडौं – सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पूर्णतावारे निष्कर्ष निकाल्नेछ ।