काठमाडौं – आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं ल्याइने भएको छ । सोमबार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं ल्याउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् ।
उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो ।
शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया