काठमाडौं – पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा सवार रहेकामध्ये चार जनाको अवस्था अज्ञात रहेको छ । जहाजमा सवार ६८ जना यात्रु र चालक दलका चार जना गरी ७२ जना सवार रहेकोमा सोमबार मध्यान्हसम्म ६८ जनाको मात्रै शव फेला पारेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
६८ जनाको शव आइतबार साँझसम्म फेला परेका थिए । बाँकी चार जनाको खोजीका लागि उद्धारमा पोख्त रहेका सुरक्षाकर्मीका विशेष ‘टिम’ परिचालन गरिएको भए पनि उनीहरूलाई फेला पार्न सकिएको छैन ।
सोमबार बिहानैदेखि क्रेन र डोरीको प्रयोग गरेर सुरक्षाकर्मीको टोली सेती नदीको खोचको तीन सय मिटर गहिराइमा पुगेको भए पनि फेला भने नपरेको प्रजिअ केसीले बताए ।
प्रतिक्रिया