देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमान दुर्घटनाको शोकमा आज विदा

देशान्तर

पोखरामा भएको विमान दुर्घटनामा सरकारले आज शोक विदा दिएको छ । आईतवार काठमाण्डौँ वाट पोखरा जादैँ गरेको यती एयरलाइन्सको विमान दुर्घटना हाल सम्मकै ठुलो मानविय क्षेति भएको भन्दै सरकारले राष्ट्रिय शोकमा सार्वजनिक विदा दिएको हो ।

मन्त्रिपरिषद् निर्णय अनुसार आज देशभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ । काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो ।

आईतवार बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए । ति मध्ये हाल सम्म ६८ जनाको शव संकलन भएको छ । बाँकी ४ जनाको शव भेटिएको छैन् ।

आईतवार साँझसम्म खोजी गरे पनि उनीहरू फेला परेका छैनन् । रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति खोजी कार्य रोकिएको थियो । आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ।

यसैविच पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिको शव परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ । काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

त्यस्तै यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । पोखरामा एटिआर–७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

उता नेपाल पत्रकार महासंघले पोखरामा भएको हवाई दुर्घनामा मुत्यु भएका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको शोकमा १३ दिन सम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने भएको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक समेत रहेका पौड्ेलको निधनमा पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।

सरकारको आयोग
सरकारले घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर समेत स्थापना गरेको छ । सरकारले विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने भएको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन घटनाका विषयमा अध्ययन तथा छानविन गर्न समेत एक आयोग वनाएको छ ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहनु भएको छ । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहनु भएको छ ।