काठमाडौं – पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरु मध्य ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।
सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।
यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।
हालसम्म ६८ जनाको शव भेटिएको छ भने अन्यको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको हो ।
प्रतिक्रिया